निराज रानाभाट , तनहुँ : मंगलबार राति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँ जिल्लाको भानु नगरपालिका – २ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ ।

चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो । बाढीले पुलमा क्षति पुर्याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा अबरुद्ध भएको स्थानीयबासी राजेश कार्कीले जानकारी दिए ।

बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका – ५ , ६ , ७ , १०, १२ र १३ का सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । उक्त पुलको पर्खाल मर्मतका लागि नगरप्रमुख आनन्दराज त्रिपाठीको ध्यानाकर्षण गराइएको छ ।

गत जेठ २२ गते पनि बाढीले पुलको केही भागमा क्षति पुर्याएको थियो । नेपाली सेना , सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा पुल मर्मत गरिएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 156 Viewed

प्रतिक्रिया दिनुहोस्