निराज रानाभाट , तनहुँ : पृथ्वि राजमार्ग सडकखण्डको आबुँखैरेनी गाउँपालिका – ०४ , पावरहाउसस्थित रुवाखोलामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

चितवन जिल्लाको मुग्लिनतर्फबाट आबुँखैरेनीतर्फ आउदै गरेको  ग १ क  ४४६९ नम्बरको टिपर दुर्घटना हुँदा म्यादे गाउँपालिका – ०६ , मनपाङ बस्ने वर्ष ४७ को राम बहादुर दमैको मृत्यु भएको हो ।

टिपर सडकबाट चिप्लिएर २५ मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका राम बहादुरको उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 113 Viewed

प्रतिक्रिया दिनुहोस्