भानु भंसार ,तनहुँ । भानुका स्थानीय युनिटी ग्रुपका युवाहरूले सञ्चालनमा ल्याएको फुड बैंकको
समापन भएको छ ।


एक साता अगाडि तनहुँको बन्दिपुर गाउपालिका १ डुम्रे बजारबाट सुरु गरेको उक्त कार्यक्रमलाई गत सोमबार भानु नपा वडा नं १ का वडा अध्यक्ष प्रेम लामाको प्रमुख आतिथ्यतामा सम्पन गरिको हो ।

हुनेले दिएर जानुहोस , नहुनेले लिएर जानुहोस” भन्दै युनिटी ग्रुपका युवाहरूले सञ्चालन गरेको फुड बैंक अभियनमा करिब ३८५ घरपरिवारलाई खाद्यन्न सहयोग गरेको ग्रुपका संयोजक विक्रम गुरुङले जानकारी दिए ।


फुड बैंक सञ्चालनको लागि ग्रुपका सदस्यहरु, विदेशमा रहेका व्यक्ति र दाताहरुबाट विभिन्न सहयोगहरु जुटाएर बन्दिपुर गाउँपालिकाको वडा नं १ डुम्रेमा ३ दिन, भानु नगरपालिका वडा नं २ को नारेश्वरटार मा ३ दिन र वडा नं १ को सालबिस्नेमा १ दिन गरी जम्मा ७ दिन सम्म उक्त फूड बैंकले रोजगार गुमाएका, बृद्ध वृद्धा, आपाङ्ग, न्यून आए भएका र दैनिक बिहान बेलुकी खान पनि समस्या भएको परिवारलाई गरी जम्मा ३८५ घरपरिवारलाई खाद्यन्न सहयोग गरेको हो ।


कार्यक्रममा युनिटी ग्रुपका संयोजक विक्रम गुरुङले क्लबका सदस्य, स्थानीय संघ संस्था,बिदेशमा रहेका सहयोगी तथा सहयोगी दाताहरु लाई सहयोगको लागि धन्यवाद दिएका छन ।

अन्तिम पटक अध्यावधिक गरिएको 121 Viewed

प्रतिक्रिया दिनुहोस्