आबुखैरेनी। तनहुँ आँबुखैरेनीका एक पुरुषको आज विहान कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचार गराइरहेका आबुखैरेनी–३ का ३९ वर्षीय पुरुषको विहान १२ः५५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।


गत भाद्र २९ गते डायलसिसका लागि कलेजमा भर्ना भएका उनमा ३१ गते संक्रमण पुष्टि भएको थियो।
त्यसयता सघन कक्षमा राखेर उपचार गराइरहेकामा उनको विहान निधन भएको अस्पतालले उल्लेख गरेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 109 Viewed

प्रतिक्रिया दिनुहोस्