स्याङ्जा — स्याङजामा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वालिङ नगरपालिका– १४ तमादीका माया नेपाली, दीपक नेपाली, सेनी नेपाली, जीवन नेपाली र उमा नेपाली रहेका छन ।


पहिरोमा परी अझै ४ जना बेपत्ता रहेको र घटनास्थलमा नेपाल प्रहरी सशस्त्र प्रहरी जनप्रतिनिधी तथा स्थानियले बिहानै देखी उद्धार कार्यलाई जारी राखेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 136 Viewed

प्रतिक्रिया दिनुहोस्