
डुम्रे तनहुँ ।
पहाडकी रानीको उपनामले चिनिएकाे तनहुँकाे बन्दिपुरमा मानव निर्मित ताल बन्ने भएकाे छ ।
नेपालकै नयाँ पर्यटकिय क्षेत्र बनाउन र बन्दिपुरकाे विकासलाई फैलाउन वडा नं २ काे थारुवास क्षेत्रमा करिव १२० राेपनी क्षेत्रफलमा नयाँ मानव निर्मित जलासय बनाइने भएकाे हाे ।
जलासय निर्माण समिति र प्रभावित क्षेत्रका बासिन्दाहरुले केही दिन अघि मात्रै बैठक बसेर वैज्ञानिक ल्यान्ड पुलिङ विधिबाट कार्य अगाडि बढाउनका लागि स्थानिय जग्गावाला र माेहिहरु विचमा सहमति गर्ने निर्णय गरिएकाे देविस्थान जलासय निर्माण समितिका सचिव सुदिन पाैडेलले जानकारी दिए ।

बैठकका प्रमुख अतिथिको रुपमा उपस्थित गाउँ पालिकाका अध्यक्ष पुर्ण सिङ थापाले मानव निर्मित तालले बन्दिपुरमा आन्तरिक तथा बाह्य पर्यटककाे आगमन बढ्ने र बन्दिपुरकाे बसाईलाई समेत लम्ब्याउन सकिने हुँदा यस क्षेत्रका मानिसकाे आर्थिक अवस्था उकासिने विश्वास व्यक्त गरे ।
ताल वरपर आकर्षक हाेटल तथा रेष्टुरेन्ट निर्माण गरिने याेजना रहेकाे र तालमा माछा पालन व्यवसाय पनि संचालन गरिने समितिका अध्यक्ष ईश्वर गाेपाल प्रधानले बताए ।

कार्यक्रममा नेकपा बन्दिपुरका नेता तथा जलासय निर्माण समितिका उपाध्यक्ष सुरेन्द्र थापा , जलासय निर्माण समितिका सदस्य तथा अनेरास्ववियू केन्द्रीय सदस्य अर्बिन्द्र भट्टराई लगायतकाे उपस्थिति रहेकाे थियाे ।