आमा सरकारलाई भन -तिम्रो छोरो लकडाउनले परदेशमा अलपत्र छ

मेरी आमा विरानो मुलुक सात समुन्द्र पारी तिम्रो छोरो कोरोनाले लकडाउन अलपत्र छ । खै थाहा छैन आमा ।आज दुई ढाई महिना भयो तिम्रो छोरो सधै तिम्रो याद र घर परिवारको यादले डिप्रेसनमा आई सको ।

ठूलो सपना बोकेर परिवारको उज्ज्वल भविष्य खोज्दै खाडिमा श्रम गर्न होमिएको तिम्रो छोरो आज एका एक यो भयावह रोग कोरोनाले विश्वलाई आतंक मच्चाई रहेको रमितामा पिडित भएको छ ।

आमा परदेशमा तिम्रो छोरो जस्तै लाखौ नेपाली आमा छोराहरू आफ्नो परिवार सम्झिन र घर फर्कन पाए हुन्थ्यो मात्र भनेर प्रथान गर्न बाहेक अर विकल्पै छैन हरेको मनमा यहि छ आफ्नो जन्म भुमि फर्कन पाउ ।

आमा तिमिले सानोमा भनेको वचन याद छ “छोरो भएर हरेस नखानु संर्घष नै जीवन हो” तर के गर्नु , अहिल त्यहि मर्द पनले पनि आत्माको अन्तिम पलमा मुटुको धड्कन चल्न छोडे जस्तो गरि एका -एक मनका आशाहरू विलिन हुन थालेका छन ।

सधै जसो विश्वको कोरोनाको खबरले मनलाई आतंकित बनाउन बाहेक दैनिक केही छैन यो परदेशमा , उ बेला साउ सगँ लिएर आएको गोडा ३ को व्याजदरको रिण कहिले दिने हो टुङ्गो लागेको छैन । कोरोना भन्दा पनि धेरै साउको रिणले पोलिरहेको छ यहाँ त्यो रिण झन कसरी तिर्ने भनेर ।

आमा तिमिलाई मैले वाच गरेको परदेश गएपछि त्यो तिम्रो फाटेको गुनिन्यू चोली फेरौला भन्ने सपना त परै राख्नु अहिले विभिन्न संघसंस्थाले दिएको राहतले पेट पालिरहेको अबस्था छ ।

सधै जसो एकविहान ब्युझिए सगै मोबालको स्कृनमा निहाल्दै नेपालकाे लकडाउन खुल्ने खबर पढ्छु आखाहरू रसाईहाल्छन कारण सधै लकडाउन लम्बियो।

अनि मनलाई समाल्छु सिनानि सगैको टेबुलमा रहेको एक बोतल पानी खालिपेटमा पिउछु मनलाई शितलता पार्ने अनि कहिले लाग्छ परदेशमै कोरोना भन्दा पनि डिप्रेशनको सिकार भएर प्राण त्याग हुन्छकी भनेर ।

अनि सम्झन्छु विगत दिन कोट्याउछु हिजोको राजनितिका भोटका कथा अनि अगुठा छाँप तर धिकार लाग्छ । आमा हिजो तिमी हिड्न नसक्ने अबस्थामा तिमिलाई मेरो पिठ्युँमा बोकेर घरमाथिको स्कुलमा भोट हालेर जिताएका जनप्रतिनिधीहरू कहाँ गए होलान भनेर ? कहि कतै घर छेउको बाटो हिडेको देख्यौ भने खबर पुर्‍याउनु मेरो छोरो आधा श्वासमा आफ्नो देश फर्कन पाउ भनी सरकारवाललाई गुहार मागि रहेको छ भनेर अनि तिनलाई भन्नू हामी पनि नेपालका नागरिक हौँ रे भनेर हाम्रा पनि परिवार छन भनेर यो पनि सुनाईदिनु कि मर्न परे आफ्नै जन्मभुमिमा मर्न चाहान्छौ भनेका छन भनेर ।

आमा कोरोनाको कहरमा विरानो मुलुकमा कस्लाई नै बस्ने रहर हुन्छ होला र सरकारले हामिलाई किन आफ्नो घर फर्कने बाटोमा दैनिक काडाँ विछ्याउदै अाएको छ ? के सरकारले हामी प्रतिको मानवतानै गुमाएको हो त ?

तिमी जस्तै लाखौ आमाले छोराको पिठ्युँमा बसेर औठा छापले चुनाव जिताएर सयौँका सभासदहरू सरकारी भत्ता पड्काउने बनाएका हुन तर अहिले तिनलाई विगत र वर्तमानका दिनमा अपच आउने गरि देशलाई खोक्रो बनाउनलाई र अप्ठ्यारोमा परेका लाखौ नेपालीलाई उद्वार नगर्नलाई नै हो त म र अन्यले तिमि र तिमी जस्तै हजारौ आमालाई पिठ्युँमा बोकेर भोटदिन लगेर जनप्रतिनिधि बनाएको ?

लाखौ परदेशिएका हामी नेपालिले पठाएको रेमिटेन्सले पेट ठट्याउन सक्ने सरकारले अहिले तिनै परदेशमा अलपत्र पर्दा किन फर्काउन चाहान्न ? के हामी नेपाली नागरिक हैनौ ? के हामिलाई नेपाल फर्कने अधिकार छैन ? कि हामिलाई मात्र कोरोना ले छोएको छ ? ए आमा सरकारलाई भनिदिनु हामी अबुझ छैनौ दैनिकि १४ घण्टा परिश्रम बेचर साउलाई खुसि बनाएर परिवार पाल्ने हामि परदेशमा पनि दिमाख भएरै काम गरेका छौ र परिस्थिति बुझ्छौ पनि ।

हो हामिलाई थाहा छ हाम्रो देश सानो छ गरिव छ तर सबैको एकै चोटि उद्वार गर्न कठिनाइ छ तर सरकार केही अतिनै पिडित भएका हामिलाई ल्याउन पनि केही प्रकृय कदम चाल्नु पर्छ कि पर्दैन सासंद भवनमा बसेर भिडियो लाईभमा बोलेर खोक्रो राजनिति र हामी जस्ता पिडितलाई आश्वासन मात्र देखाउने कि उद्वारका लागि केही पहल कदमि पनि चाल्ने ? करिब २ महिना देखि राजधानीमा बन्द अबस्थामामा रहेका हजारौ होटलहरू छन निम्न भाडाका रूपमा सदुपयोग गर्न सक्छ कि सक्दैन सरकारले ?

हजारौको हारहारिमा स्टाप नर्श अनि डक्टरहरू काम नपाएर घरमै डिग्री झोलमा थन्किएर बसेका छन होला तिनिहरूलाई किन रोजगार र यो अबस्थामा प्रयोग गर्न सक्दैन सरकार? के तिनहरूलाई पनि राजनितिको सिफारिस ल्याउनु परो यो अबस्थामा ?

कि हामि परदेशबाट फर्कने सबैमा कोरोन छ अनि सासंद भवनमा चाडैन सल्किन्छ अनि आफैमा समस्य आउछ भन्ने डरले ल्याउन हुदैन भनेर हो ? यदि हामिमा कोरोना नै भए पनि नेपाल अबतरण पछि सरकारि क्वारेन्टाइन मा राखेर जाँच गर्ने र ४८ घण्टा भित्र हाम्रो रिपोर्ट आए पछि पोजेटिभ भए उपचार पठाउने नत्र नेगेटिभ भए सम्बन्धित जिल्ला /प्रदेशलाई खबर गरि होम क्वारेन्टाइनमा बस्नका लागि छोड्दिने हो भने हामी सगँ ठाउँ प्रसस्त हुन्न र ?

आमा सरकारलाई भनिदिनु लकडाउन लम्बाउनु भन्दा पनि परदेशमा तड्पिएका नेपाली आमाका छोराहरूलाई उद्वार गर्नु भनेर यसैमा सरकारको भलो हुनेछ ।

धन्यावाद ।
उहीँ तिम्रो पिडित छोरा
भोला थापा क्षेत्री
हाल कतार