फरक गति फरक लय,पृथक रुपमा संचालित चोक माध्यमिक विद्यालय

भानु खबर, भानु १० रामपुरटार । तनहुँको भानु नगरपालिका १० रामपुरटारमा रहेको चोक
माध्यमिक विद्यालय फरक र नवीन रुपमा संचालन हुने भएको छ ।
विशेष गरि प्रबिधी मैत्री विद्यालय र शैक्षिक बर्ष २०७७ देखि कक्षा १ देखि ८ सम्म अङ्ग्रेजी र कक्षा ७ देखि १० सम्म नेपाली माध्यममा कक्षा संचालन हुने भएको छ ।
स्मार्ट विद्यालय संचालानार्थ आयोजित बृहत् शैक्षिक तथा धार्मिक मेला २०७६ बाट संकलित रकमले विद्यालयलाई फरक र नवीन रुपमा संचालन गर्न लागिएको विद्यालयका प्रधानध्यापक अमृत नेपालीले बताएका छन ।

अंग्रेजी माध्यमको बढ्दो क्रेज रहेको बर्तमान अवस्थामा विद्यालयमा अंग्रेजी माध्यममा कक्षा संचालन गर्ने विद्यालय ब्यबस्थापन समितिको निणर्यले अभिभावक बिच थप खुसी थपिएको र अभिभावक विद्यालयमा विद्यार्थी भर्ना गर्न अति उत्साहित भएको विद्यालयका शिक्षक रिदय भट्टले भानु खबरलाई बताए ।

विद्यार्थी र अभिभावक बिच सचेतना
विधालयले कोरोना महामारीको यो कठिन अवस्थामा असार १ गते देखि आफ्ना विद्यार्थी र अभिभावक बिच शैक्षिक सचेतना कार्यक्रम समेत गरेको छ ।
साथै विद्यार्थी अभिलेखिकरण र नयाँ बिध्यार्थी पहिचान कार्यक्रम तथा पुस्तक बितरण कार्यक्रम पनि एक साथ अगाडि बढेको शिक्षक भट्टले बताए ।
भट्टले भर्ना गर्न छुट भएका र पुस्तक प्राप्त नगरेका विद्यार्थीहरुलाई विद्यालयको संपर्कमा आउन समेत आग्रह गरेका छन ।