तनहुँ जिल्लामा सार्वजनिक गरिएको विवरण अनुसार आजसम्म १३४ जनामा कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।

गण्डकी प्रदेशमा गरिएको परिक्षण अनुसार ४४ जना महिला र ९० जना पुरुष गरी १३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

यसैगरी ४२ जना महिला र २४३ पुरुष गरी २८५ जनाले कोरोना जितेर घर फर्केका छन्,भने ४ जना महिलाको कोरोनाका कारणले ज्यान गएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारीले जानकारी दिनुभयो ।

तनहुँ जिल्लाको ११ स्थानिय पालिकामा गरिएको परिक्षणमा ९० जना महिला र ३३३ पुरुष गरी ४२३ जनामा कोरोना पुष्टि भएको थियो भने जसमध्य २८५ जनाले कोरोनालाई जितेको अधिकारीले भानु खवरलाई जानकारी दिनुभयो ।

तनहुँ जिल्लामा १ हजार ५ सय ८३ जना महिला र ६ हजार ४ सय ९ जना गरी ७ हजार ९ सय ९२ जनामा परिक्षण गरिएकोमा ४२३ जनामा कोरोना देखिएको हो । विवरण अनुसार २१.३ प्रतिशत महिला र ७८.७ प्रतिशत पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारीले जानकारी दिनुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 126 Viewed

प्रतिक्रिया दिनुहोस्