कतारबाट पहिलो “उद्धार” उडान, १४९ नेपाली स्वादेश फर्के

भोला थापा क्षेत्री , दोहा कतार । कोरोनाको कारण कतारमा अलपत्र १४९ नेपाली नागरिकहरुको गए राति उद्दार गरिएको छ ।
नेपाली राजदूतावास कतारका अनुसार फारम भरेका मध्ये पहिलो प्राथमिकतामा परेका १ सय ४९ नेपाली स्वदेश फर्किएका हुन । कतारको स्थानिय समय अनुसार आज विहान १२ः४५ बजे नेपाल एयरलायन्स (आर ए २३९२)नम्बरको उडानबाट उनिहरु स्वादेश फर्केका हुन ।
उडानमा २९ जना सुत्केरी, गर्भवती सहित ८२ जना महिला ३ जना नाबालक र ६४ जना पुरुष रहेको दुतावासले जनाएको छ ।
पहिलो उद्धारका लागी नेपाली नियोगका कतारका महामहिम राजदुत डा. नारदनाथ भारद्दाज द्वित्तिय सचिव प्रविण भट्टराई, नियोग परीवारका सदस्य गैरआवासिय नेपाली संघका मध्यपूर्व संयोजक प्रविण गुरुङ लगायतको टिम हमाद विमानस्थल पुगेर उनिहरुलाई विदाई गरेका थिए ।
दुतावासका अनुसार गत शुक्रवारका दिन कतारबाट आममाफी पाएका ४३ जना नागरिक सहित २० नेपालीे शव कतारले आफ्नै खर्चमा नेपाल पठाएको हो ।