तुरतुरे बजार आजबाट हप्तालाई बन्द

भानु खबर, तनहुँ ।
तनहुँको भानु ३ मा रहेको तुरतुरे बजार एक हप्ताको लागि पुर्ण रूपमा बन्द हुने भएको छ ।
कोबिड १९ को संक्रमण बढ्दै गएको र उच्च जोखिममा रहेकोे भन्दै त्यस बाट सुरक्षा र सतर्कताको लागि गत मंगलवार बसेको बजार भेलाले तुरतुरे बजार आजदेखी एक हप्ताका लागी पुर्ण रूपमा बन्द गर्ने निणर्य गरेको हो ।
बजार क्षेत्रमा तनहुँ,गोर्खा र लम्जुङ्ग बाट धेरै मानिसहरुको आवत जावत हुने र बिना कारण हिड्ने मानिसहरु बढ्दै गएको हुँदा उच्च जोखिम युक्त ठाँउमा परिणत हुँदै गएकोले बुधबार १० गतेदेखि लागू हुने गरि बुधबार १७ गतेसम्मको लागि सम्पुणर् ब्यापार ब्यावसाय, उद्योगधन्दा कल कारखाना ,बैंक तथा बित्तीय सस्था सम्पुणर् बन्द गर्ने निणर्य गरिएको छ ।
यस समयमा हाइवे र स्वास्थ्य सेवा खुल्ला रहनेछ भने बजार भित्र कुनैपनी सवारी साधन लाई प्रवेश गर्न र सामान लोड अनलोड गर्नको लागि निषेध गरिएको छ साथै अत्यावश्यक बस्तुहरुको बिक्री वितरणको लागि साझ ७ बजे देखि ८ बजे सम्म १ घन्टाको समय दिइएको छ ।

विदेशबाट आउनेलाई जनजाग्रीती माबिलाई क्वारेन्टाइन राख्ने
तनहुँ उद्योग बाणिज्य संघ तुरतुरे बजार इकाई ,टोल बिकाश संस्था,वडाप्रतिनिधिहरु,राजनैनिक दल ,समाजसेवी, बुद्धिजीवी ,ब्यापारी तथा स्थानीयबासिहरुको भेलाले बिदेशबाट आउने स्थानीय नागरिकहरु बढ्दै गएको हुँदा तुरतुरे स्थित जनजाग्रीती मा बि लाई क्वारेन्टाइनको रूपमा प्रयोगमा ल्याउने समेत निणर्य गरिएको समाजसेवी दुर्योधन अधिकारीले बताए ।