भानु १ का सम्पुर्ण बजार क्षेत्र आजबाट १० दिन पूर्ण रुपमा बन्द रहने

भानु खबर, कल्याणटार ।
तनहुँको भानु नगरपालिका १ भंसार र कल्याणटार क्षेत्र आज बाट १० दिनका लागी बन्द हुने भएको छ ।

कोबिड—१९ को संक्रमण बढ्दै गएको र उच्च जोखिममा रहेकोे भन्दै त्यसबाट सुरक्षा र सतर्कताको लागि बुधबार बसेको वडा १ कार्यालय, सुरक्षा निकायको निर्णय अनुसार आज बाट १० दिनका लागी पूर्ण रुपमा बन्द रहने निर्णय भएको हो ।

भेलाले भानुमा र छिमेकी पालिकाहरुमा समेत कोबिडको संक्रमण बढ्दै गएको हुँदा भानु १ पनि उच्च जोखिममा भएको भन्दै भानु १ का सम्पुर्ण बजार क्षेत्रमा धेरै मानिसहरुको आवत जावत हुने झनै बढ्न सक्ने हुँदा आज शुक्रबार १२ गतेदेखि लागू हुने गरि सोमबार २२ गतेसम्मको लागि सम्पुर्ण ब्यापार ब्यावसाय, उद्योगधन्दा कल कारखाना ,बैंक तथा बित्तीय सस्था सम्पुर्ण बन्द गर्ने निर्णय गरिएको हो ।
छलफलमा हाइवे र स्वास्थ्य सेवा भने खुल्ला रहने तर बजार भित्र कुनै पनी सवारी साधनलाई प्रवेश गर्न र सामान लोड अनलोड गर्नको लागि निषेध गरिएको छ ।

भानु नगरपालिका वडा न १ तनहुँ उद्योग बाणिज्य संघ भन्सार बजार इकाई ,टोल बिकास सस्था,वडा प्रतिनिधिहरु,राजनैनिक दल, समाजसेवी, बुद्धिजीवी, ब्यापारी तथा स्थानीयबासिहरुलाई पुर्ण रूपमा बन्दाबन्दिको नियम लाई पालना गर्नु र गराउनुहुन सबैलाई आग्रह गरिएको तनहुँ उद्योग बाणिज्य संघ भन्सार बजार इकाईका अध्यक्ष लाल कुमार श्रेष्ठले बताए ।
—शिब कुमार श्रेष्ठको सहयोगमा