पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा गुडिरहेकाबसमाथिपहिरो गएको छ । पहिरोले बस पुरिदा एक जनाको मृत्यु भएको छ । हिजो साँझविनयीत्रिवेणी गाउँपालिका–२ विश्वकर्मा बाबामन्दिर नजिकै माथिबाट खसेको पहिरोमा परी ना ५ ख.७९४० नम्बरको बस पुरिएको प्रहरीले जानकारी दिएको छ ।

माटोको लेदोसहितको पहिरोले बस पुरिँदा घाइते भएकामध्ये रुकुमपश्चिम आठबीसकोठ गाउँपालिकाका २५ वर्षका हरिषचन्द्र केसीको गएरातिउपचारकाक्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको जिल्लाप्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

घाइतेमध्ये ४ जनाको मेडिकल कलेज भरतपुर र अन्यको जिल्ला अस्पताल नवलपुरमाउपचार भइरहेको छ ।पहिरोले अवरुद्ध भएको सडक आजबिहान ४ बजेबाट एकतर्फी रुपमा सञ्चालनमाआएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 105 Viewed

प्रतिक्रिया दिनुहोस्