पहिरो पिडीत परिवारलाई मन्त्री द्वारा राहात हस्तान्तरण

शर्मीला विक, भानु खबर, तनहुँ ।

तनहुँका पहिरो पीडित परिवारलाई गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले राहत वितरण गर्नुभएको छ।

अविरल बर्षाका कारण गएको पहिरोले गर्दा ज्यान गुमाएका पहिरो पीडित परिवारलाई भेट गर्न, सहानुभूति दिन र स्थलगत निरीक्षणका लागी गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान ऋषिङ गाउ पालिकाको वडा नं ८ स्थित भैसीखिली पुग्नु भएको हो।

गण्डकी प्रदेश सरकारकाे तर्फबाट तत्कालीन राहत स्वरुप प्रति ब्यक्ति पचास हजारका दरले दुई लाख पचास हजार रुपैयाँ मृतकहरुका बुबा अम्ब बहादुर थापालाई हस्तान्तरण गरिएको छ । प्राकृतिक बिपत्तीमा परि अम्ब बहादुर थापाले आफ्ना दुई छाेरा, दुई बुहारी र एक नातीकाे घुमाएको र उनको श्रीमती भने पोखराको जि.एम.सि अस्पतालमा घाईते अवस्थामा उपचारत रहेको छ ।उपचारत श्रीमतीकाे सम्पुर्ण उपचार खर्च संघिय र गण्डकी प्रदेश सरकारले ब्यबस्थापन गर्ने पनि बताइएको छ ।

त्यस्तै पहिरोको कारणले भएको सम्पुर्ण घरको क्षति पुनर्निर्माणले जिम्मा लिई घर बनाइ दिने र पहिरोमा परी नोक्सान भएको चौपाय पशु बिभागले जिम्मा लिएर नोक्सानी न्यूनीकरण गर्ने भएको छ ।मन्त्रि चुमान लगायतकाे टिमले स्थलगत निरिक्षण गरी मृतकहरु प्रति श्रद्धाञ्जली, परिवार प्रति संबेदना र घाईते प्रति शिघ्र स्वास्थ्य लाभकाे कामना पनि ब्यक्त गर्नु भएको छ।