लखनचोक ट्याक्सी सेवा केन्द्रले ब्यवसायी लाई बार्षिक शुल्क छुट गर्ने

अन्जान परियार,कास्की – लखनचोक ट्याक्सी सेवा केन्द्रले आफ्ना मातहतका ट्याक्सी चालक एबम ब्यवसायिहरुलाई २०७७/२०७८ को बार्षिक शुल्क छुट गरेको छ। चार महिना सम्मको निरन्तर लकडाउनमा ब्यवसाय ठप्प भए पछि ट्याक्सी ब्यवसायी हरुको आयस्रोत नै बन्द भएको कारण सेवा केन्द्रले शुक्रबार बार्षिक शुल्क छुट दिने निर्णय गरेको हो ।

१५० भन्दा बढी ब्यवसायी आबद्ध रहेको सेवा केन्द्रका प्रमुख जगत गुरुङ्ग रहेका छ्न। उनले लकडाउनका कारण समस्यामा परेका ट्याक्सी चालक हरुलाई पटकपटक राहत बितरण गरिसकेका छौँ, र यो विषम परिस्थितिमा ब्यवसायी हरुलाई बार्षिक शुल्क छुट दिएर पुन राहत दिएको बताएका हुन।

कोरोना भाइरस पुर्ण रुपमा अन्त्य नभय पनि सरकारले देश अस्तब्यस्त बनेकोले अर्थतन्त्रमा असर परेको कारण लकडाउन लाई खुकुलो गराई सवारी चल्न अनुमती दिएको छ। लामो समयको बन्द पश्चात् लकडाउन खुले पनी कोरोना भाइरसको अन्त्य भैसकेको छैन,त्यसैले चालकहरूले मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गरेर मात्र ट्याक्सी चलाउन निर्देशन गरिएको सेवा केन्द्रका सचिब (जितु) जित परियारले जानकरी गराएका छन ।