डुम्रेमा ५७ जनाले गरे रक्तदान

शर्मीला विक, भानु खबर । तनहुँ । राष्ट्रिय एकता अभियान नेपाल भानु १ साज बोटेद्धार बन्दिपुर १ डुम्रेमा गत (आइतबार) आयोजना गरेको रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन ।


कोबिड–१९ र अविरल वर्षाले आएको बाढी पहिरोले गर्दा विभिन्न अस्पतालमा रगतको अभावका कारण आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भरतपुर र हाम्रो लाइफ बैक नेपालले प्राबिधिक र अन्य समन्वयत्मक बिशेष सहयोग गरेको थियो ।


तनहुँको व्यापारिक केन्द्र डुम्रे बजारमा विहान १० देखी दिउसो २ बजे सम्म चलेको उक्त कार्यक्रममा रक्तदानको लागी ३० जनाले पहिला नै नाम दर्ता गराएका थिए भने करिब १५० जनाले रक्तदान गर्ने लक्ष्य लिएपनि जम्मा ५७ जनाले रक्तदान गरेको अभियान नेपालका कोषाध्यक्ष राजेश पियाले बताए ।