काठमाडौं । मौलिक गीत गाउने गायिकाको रुपमा चिनिएकी गायिका कला लम्सालले लोकप्रिय सर्जक शिव हमालको शब्द तथा लय रहेको नयाँ गीत ‘लाहुरे आएन झुक्कायो’ बोलको गीत सार्वजनिक गरेकी छिन ।

उनलाई अर्गानिक स्वरका धनि गायक बिमल परियारले स्वरमा साथ दिएका छन भने गीतको संगीत संयोजन चेतन गोतामेले गरेका छन । गीतलाई एचविन किस्मतले मिक्सिङ गरेका हुन भने रेकर्डिस्ट गोबिन्द पराजुली हुन ।

मौसम हिमालीको डाइरेक्सन र कोरियोग्राफी रहेको गीतको भिडियोमा कला र गम्भीर विष्टको नृत्य तथा अभिनय रहेको छ । गीतलाई गायिका लम्सालले आफ्नै युट्युव च्यानल कला लम्सालबाट सार्वजनिक गरेकी हुन ।

अन्तिम पटक अध्यावधिक गरिएको 67 Viewed

प्रतिक्रिया दिनुहोस्