दमौली । तनहुँको सदरमुकाम दमौलीमा डा. गोविन्द केसीको समर्थन गर्दै आज ६ जना युवाहरुले १९ घण्टे अनशन शुरु गरेका छन ।

दमौलीको मुख्यचोकमा अनशनमा बस्नेमा रमा मिश्र, सञ्जना वाग्ले, कृष्टिना कँडेल, पदमराज न्यौपाने, सागर घिमिरे र विनोद सापकोटा रहेका छन ।
उनिहरु कुनै पनि सङ्गठनमा आबद्ध नभएकाले स्वतःफूर्त रुपमा अनशनमा बसेका हुन ।

‘डा. केसी एक्लो छैनौ, हामी साथमा छौ’, डा. केसीको माग पुरा गर, डा।केसीको अनशन, मेडिकल माफियालाई टेन्सन लगायताका नारा लेखिएका प्लेकार्ड बोकेर अनशनमा बसेका हुन ।

अन्तिम पटक अध्यावधिक गरिएको 120 Viewed

प्रतिक्रिया दिनुहोस्