पोखरामा जुवा खेलिरहेका ८ जना जुवाडे नगद सहित पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका ३० शिशुवा बस्ने ४९ वर्षीय भुवन शर्माको घरमा तास खेलिरहेको अवस्थामा ८ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।शर्माको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४१ हजार ३ सय ३५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 134 Viewed

प्रतिक्रिया दिनुहोस्