अमेरिका निवासी वरिष्ठ साहित्यकार भारती गौतमले ‘विगत र बाडुली’संस्मरण सङ्ग्रह ल्याएकी छिन्।आफ्नो जन्मस्थान पहाडी जिल्ला धनकुटा देखि संसारको अत्यन्त विकशित देशसम्मको आफ्ना विगतलाई संस्मरण मार्फत उतारेकी छिन्।अमेरिका,स्विडेन,नेपाल र भारतका रोचक तथा मर्मस्पशी विभिन्न शिर्षकका छब्बिस वटा संस्मरण विगत र बाडुलीमा रहेका छन्।

आफूसँग सम्बन्धित ससाना संस्मरण देखि स्थानिय,राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाको साक्षी बनेकी गौतमले त्यसलाई इमान्दारिता साथ शब्द मार्फत उतारेकी छिन्। यस कृतिमा उल्लेखित कतिपय घटनाहरु लेख्न छुटाइएका इतिहास जस्ता पनि छन्।लेखिकाको स्मृतिमा रहेका ती घटनाहरु संस्मरण बनेर आएका छन्।प्राञ्जल भाषा शैली र घटनाको रोचक प्रस्तुतीले गर्दा कृति पठनिय बनेको छ।

तीन दशक भन्दा बढि समय देखि अमेरिकामा बसोबास गरिरहेकी गौतम डायोस्पोराकी सक्रिय र स्थापित साहित्यकार हुन्।थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गौतमका यस अघि ‘आकाश माथिको सहर’ (कवितासङ्ग्रह),‘स्मृतिमा भिमू’(संस्मरणसङ्ग्रह) र ‘अमेरिकामा आमा’ (संस्मरणात्मक उपन्यास) प्रकाशित छन्।समकालीन साहित्य प्रतिष्ठान बेलायतले विगत र बाडुलीलाई प्रकाशन गरेको हो।

अन्तिम पटक अध्यावधिक गरिएको 55 Viewed

प्रतिक्रिया दिनुहोस्