नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले किसान नेता गौरवराज रेग्मीको निधनप्रति दुःख व्यक्त गर्दै तनहुँले प्रखर समाजवादी नेता गुमाएको बताउनुभएको छ । आज शोक वक्तव्य प्रकाशित गर्दै उहाँले भन्नुभयो, हिजोका कठोर दिनमा कत्ति पनि विचलित नभई अनवरत रुपमा समाज रूपान्तरणमा लाग्नु भएका रेग्मीको निधनले स्तब्ध तुल्याएको छ ।

म्याग्दे गाउँपालिका–७ निवासी रेग्मी नेपाल किसान सङ्घका जिल्ला सभापति र नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष हुनुहुन्थ्यो । उहाँको आज निधन भएको हो ।रासस

नेपाली कांग्रेस तनहुँका निस्ठावान नेता पुर्व जिल्ला कार्य समिति सदस्य, नेपाल किसान संघ तनहुँका अध्यक्ष गौरब राज…

Gepostet von Ram Chandra Paudel am Samstag, 26. September 2020
अन्तिम पटक अध्यावधिक गरिएको 113 Viewed

प्रतिक्रिया दिनुहोस्