यस वर्षको विजयादशमी सम्ममा पुथ्वी राजमार्गमा यात्रा गर्नेले खाल्डा देख्न नपाउने भएका छन् । राजमार्गमा यात्रा गर्नेले जोखिम भोगिरहेका यात्रुहरुले खाल्डा खुल्डीको जोखिमबाट मुक्ति पाउने भएका छन् । सडक डिभिजन कार्यालय तनहुँले जिल्लामा पर्ने ७२ किलोमिटर खण्डमा कुनै पनि समस्या नआउने गरी काम गरिएको दाबी गरेको छ ।

सडक डिभिजन कार्यालय तनहुँका अनुसार विभिन्न सडक खण्डमा गरी सडक मर्मतको काम थालेकाले यस वर्षको विजयादशीमा सम्म खाल्डा पुरिने र खाल्डा खुल्डी मर्मत गरिने दाबी गरेको छ । गत वर्षको दशैमा नै मर्मत गरिनुपर्ने सडक कोरोनाको संकटका कारण नसकिएको भन्दै डिभिजन प्रमुख अमितकुमार श्रेष्ठले यसवर्षको दशैंसम्म सक्ने गरी कार्य भैरहेको जानकारी दिए ।

अहिले मर्मत थालिएकामा पहिल्यै हुनुपर्ने योजना धेरै छन् भने केही नयाँ पनि छन् । राजमार्गअन्र्तगतको मुग्लिन दमौली, दमौली कुम्लेखोला तथा कुम्लेखोला कोत्रे खण्डमा मर्मतको काम भैरहेको छ ।इञ्जिनियर सचिन क्षेत्रीले तनहुँ खण्डको सबै भागमा मर्मत हुने गरी काम भैरहेको जानकारी दिए । चार खण्डमा काम भैरहेको छ, उनले भने ।

लकडाउन खुकुलो भएको लामो समयसम्म पनि मर्मतको काम शुरु हुन नसक्दा सडकको अवस्था झनै बिग्रेको थियो । काम थाल्न लागेका ठेकेदारले पनि कामदार ल्याउन नपाएको गुनासो गरे पछि प्रशासनसँग सहयोगका लागि आग्रह गरेकाले अहिले अवस्था सहज भएको डिभिजन प्रमुख अमितकुमार श्रेष्ठको भनाई छ ।

-दमौली न्युज डटकमको सहयोगमा

अन्तिम पटक अध्यावधिक गरिएको 49 Viewed

प्रतिक्रिया दिनुहोस्