नेपाल सेफ एसोसिएसन चितवनको संयोजकमा कुमार लामा चयन भएका छन् । लामाको संयोजकत्वमा नेपाल सेफ एसोसिएसनको १७ सदस्यीय कार्य समिति गठन गरिएको छ । होटलमा खाना पकाउने सेफ कुकहरुको छाता संगठन सेफ एसोसियसन संस्थाले तेश्रो शाखाको रुपमा चितवनको भरतपुरमा शाखा बिस्तार गरेको हो ।

करिव २५ वर्ष अघि काठमाण्डौमा स्थापित नेपाल सेफ एसोसिएसनले बिगतदेखी नै खाना पकाउने सेफ कुकहरुको हक हित र समस्या समाधानको पक्षमा आवाज उठाउदै आएको छ । भरतपुरको धावन पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी शाखा बिस्तारसँगै कुमार लामाको संयोजकत्वमा १७ सदस्यीय कार्य समितीको समेत गठन गरीएको छ ।

नव गठित कार्यसमितीको उपाध्यक्ष शरण श्रेष्ठ, सचिबमा मौसम पौडेल , सहसचिबमा राजु अधिकारी , कोषाध्यक्ष्माा राम लुङ्गेली लगायत रहनुभएको छ । मुख्य कार्यलय काठमाडौमा स्थापना गरेपछि दोश्रो शाखाको रुपमा पोखरा र तेश्रो शाखाको रुपमा भरतपुरमा शाखा स्थापना गरीएको सस्थाका महासचिब पदम आले मगरले जानकारी दिए ।

शाखा बिस्तार कार्यक्रममा नेपाल सेफ एसोसियसनका सस्थापक अध्यक्ष पुष्प थापाको प्रमुख आतिथ्यता र महासचिब पदम आले मगरको सहजिकरणमा सम्पन्न भएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 175 Viewed

प्रतिक्रिया दिनुहोस्