बैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका तनहुँ वासीहरुको साझा संस्थाको अध्यक्षमा सुदिप कार्की चयन भएका छन् । तनहुँ हाम्रो सान सेवा र सहकार्यताको अभियान भन्ने मुल नारा सहित स्थापना भएको हो । नवगठित कार्यसमितिको कार्यकाल २ वर्ष रहने छ ।

सन् २०२० देखी २०२२ सम्मका लागि गठित समितिको अध्यक्षमा सुदिप कार्की, वरिष्ट उपाध्यक्षमा कल्पना लामिछाने रिमाल,उपाध्यक्षमा कृष सुनार र बसन्त थापा,महासचिवमा सुरिन भुजेल,सचिवमा भुवन थापा मगर,प्रवक्तामा गणेश वस्नेत क्षेत्री,कोषाध्यक्षमा रमेश गोदार,सह कोषाध्यक्षमा रमेश थापा,युवा संयोजकमा अमर राज पन्थी र महिला संयोजकमा विद्या ढकाल चयन भएका छन् ।

यसैगरी केन्द्रीय सदस्यहरुमा अपिल भट्टराई,नेत्र लामिछाने,सुर्य थापा,देव बहादुर शाही ठकुरी,ज्ञान बहादुर शाही,देवराज ओली,पुर्ण बहादुर थापा मगर,प्रदिप श्रेष्ठ, सिता पाण्डे र श्रृजना तामांग रहेका छन् । अबुधाबी क्षेत्रिय संयोजकमा गोविन्द आचार्य,अजमान क्षेत्रीय संयोजकमा अर्जुन खड्का,फुजेरह क्षेत्रीय संयोजकमा राम सापकोटा,रस अल ऐन क्षेत्रीय संयोजकमा दिनेश बस्नेत रहेका छन् ।

साझा संस्थाको संरक्षकमा दिपक खड्का रहेका छन् भने बरिष्ठ सल्लाहकारमा भिम नारायण श्रेष्ठ,प्रमुख सल्लाहकारमा हिरालाल श्रेष्ठ,सल्लाहकारहरुमा क्रमशः श्रीकृष्ण आचार्य,अमर रानाभाट,टंक गुरुङ,कृष्ण रायमाझी,भेषराज ढकाल,वसन्त रिमाल,विष्णु थापा,विष्णु बगाले,डोल राना मगर,दिपक राज पौडेल,देव गुरुङ,भिम नरसिंह वस्नेत,महेश श्रेष्ठ रहेका छन् ।

निवार्चन समिति संयोजकमा डोल राना मगर सदस्यहरुमा कृष्ण रायमाझी र श्रीकृष्ण आचार्य रहेको सुदिप कार्कीले भानु खवरलाई बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको 56 Viewed

प्रतिक्रिया दिनुहोस्