काठमाण्डौ, कार्तिक १४ । आज कोजाग्रत पूर्णिमा । दशैँ आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुका महालक्ष्मीको पूजा गरी जाग्राम बसेसँगै दुर्गापक्ष सकिन्छ ।

विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि सकिनेछ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरीमा सेलाइन्छ । कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने भोलि रहेको छ ।

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

मध्यरातमा पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको समितिले जनाएको छ । तिथिमा भोलि पूर्णिमा भएपनि आजै बाट दसैँ सकिने भएको हो ।

कोभिड १९ र लकडाउनका कारण खासै रौनक नरहेको दसैँपछि कोरोना संक्रमित वढ्ने सरकारले अनुमान गरिरहेको छ । संक्रमित वढ्ने आशंका विभिन्न ठाउँमा वेड थप गरिएको जनाइएको छ । तर केहि दिन भने थोरै संख्यामा संक्रमित देखिएका छन् भने परीक्षणको दायरा पनि घटेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 79 Viewed

प्रतिक्रिया दिनुहोस्