
काठमाण्डौ, कार्तिक १४ । कोरोना संक्रमणका कारण काभ्रेमा एक जना पत्रकारको मृत्यु भएको छ ।
काभ्रे पोष्टका प्रधान सम्पादक विष्णु चौलागाईंको मृत्यु भएको हो । कोरोना संक्रमण पछि निमोनिया र श्वास प्रश्वासमा समस्या आएपछि करिव दुई साता काठमाडौस्थित एक अस्पतालमा उपचार गराइरहदा उहाँको मृत्यु भएको हो ।