कार्तिक १६ । तनहुँको भानु नगरपालिका वडानम्वर ७ का किशोर बहादुर पण्डित क्षेत्री परिवारलाई सुखसँग राख्न र भएका ऋण तिरेर सामान्य जिवन जिउन बिदेशीनु भयो । वैदेशिक रोजगारीका कारण परिवार राम्रै चलेको थियो । ऋण तिर्दै आउनुभएको उहाँ कामकै शिलशिलामा दुबै मृगौला फेल भएपछि नेपाल अाएर अहिले उपचारमै समस्या भएको छ । बिदेशमा कमाएको रकम ऋण तिर्दा र परिवारको दैनिकीमै सकिएको बताउँदै उहाँले उपचारमा समस्या भएको बताउनुभयो ।

सवैको सहयोग पाए जीवन बचाउन सक्ने आशामा रहनुभएका क्षेत्रीले देश तथा विदेशमा रहनुभएका सवै नेपालीलाई सक्दो सहयोग गरेर आफूलाई बचाइदिन याचना गर्नुभएको छ । १ छोरी समेत रहेकी उहाँले आफू बाँचेर परिवारलाई बचाउने दायित्व रहेको भन्दै सहयोगी मनहरुलाई सकेको सहयोग गरी आफूलाई बचाइदिन अनुरोध गर्नुभएको हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गत भदौ १४ गते देखि उपचार गराइरहनुभएको छ ।

अस्पतालले भनेको छ,“उहाँको दुवै मृगौला काम नलाग्ने गरी फेल भएको छ। लामो समय डायलासिस वा नयाँ मृगौला हाल्नुपर्ने हुन्छ । यो उपचार खर्चिलो भएकाले कुनै संघसंस्था वा व्यक्तिहरुको सहयोग भए उपचारमा मद्दत मिल्ने छ ।” यसैबीच भानु नगरपालिकाले पनि क्षेत्रीको उपचार निशुल्क गर्न माग गर्दै अस्पताललाई पत्र पठाएको छ ।

नगरप्रमुख उदयराज गौलीको संयोजकत्वमा बैठक बसी निशुल्क उपचारका लागि सिफारिस गरेको हो । तर अस्पतालले सवै उपचार निशुल्क गर्न नसक्ने जानाएपछि आर्थिक सहयोगको अपेक्षा क्षेत्रीले गर्नुभएको हो । दुवै मृगौला फेल भएपछि परिवार कसरी धान्ने र पाल्ने भन्ने चिन्ताले पनि पिरोल्न थालेको उहाँले बताउनुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 2026 Viewed

प्रतिक्रिया दिनुहोस्