आज (बिहीबार) बिहान प्युठानबाट काठमाडौं आउँदै गरेको जिप त्रिशूली नदीमा खस्दा आमाछोरीसहित ३ जना बेपत्ता भएका छन् । लु १ च ९७३१ नम्बरको जिप बिहीबार बिहान त्रिशूलीमा खसेको हो ।

गोताखोरसहितको प्रहरी टोली परिचालन गरी बेपत्ताको खोजी भइरहेको छ। जिप फेला परिसकेको छैन।गाडीका चालक सूर्य केसी, यात्रु प्युठानको झिम्रुक गाउँपालिका–५ खहरेकी जमुना रोका र उनकी ११ वर्षीया छोरी नदीमा बेपत्ता भएका छन् ।

जमुनाका श्रीमान मुकुन्दराज रोका भने नदीबाट पौडी खेलेर बाँच्न सफल भएका छन् । तर घाइते छन् ।उनको अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 151 Viewed

प्रतिक्रिया दिनुहोस्