भानु खबरका संवाददाता पत्रकार मनोजकुमार श्रेष्ठलाई पितृशोक परेको छ। पत्रकार श्रेष्ठको बुबा टेकबहादुर श्रेष्ठको हृदयघातका कारण अचानक ५५ वर्षको उमेरमा हिजो शुक्रबार निधन भएको हो।

भानु नगरपालिका वडा नं २ स्थित नारेश्वरटारमा रहेको घरमा आराम गरिरहेका श्रेष्ठलाई अचानक हृदयघात भएपछि तत्काल उपचारका लागि डुम्रे को मोती हेल्थ क्लिनिकमा लागीएको र त्याहाँ अवस्था गम्भीर रहेको ले अन्यत्र लान भनेपछि थप उपचारका लागि जिल्ला अस्पताल दमौली लगिएकोमा अस्पतालले मृत घोषित गरेको थियो।

स्वर्गिय श्रेष्ठको आजै तनहुँको पवित्र धार्मिकस्थल देवघाटमा अन्त्येष्ठी गरिने परिवार श्रोतले जनाएको छ।

यस खबरले स्तब्ध भएको छु भन्दै तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठ किसान तथा राष्ट्रिय सभाका सदस्य भगवती न्यौपानेले पनि शोक तथा समबेदना व्यक्त गरेका छन।

अन्तिम पटक अध्यावधिक गरिएको 151 Viewed

प्रतिक्रिया दिनुहोस्