कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कारागार कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् । उनका अनुसार साँझ ५:३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको सङ्ख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो ।

कालिका नगरपालिका(२ पदमपुर घर भएका ४५ वर्षीय उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।यसैबिच, कैदी बन्दी फरार भएसंगै सीमावर्ती क्षेत्रमा रहेको माडीका प्रहरीहरु गाउँबस्ती र जंगल क्षेत्रमा फरार कैदी बन्दीको खोेजीमा जुटेका छन् । आफूहरु गएराती देखि नै फरार कैदीको खोजीमा रहेको माडी प्रहरी प्रमुख झलक शर्माले बताए । (सांकेतिक तस्वीर)

अन्तिम पटक अध्यावधिक गरिएको 65 Viewed

प्रतिक्रिया दिनुहोस्