पुल उद्घाटनको विषयलाई लिएर झडप हुदा तनहुँ जिल्लाका आधा दर्जन नेता घाइते भएका छन् । ब्यास नगरपालिकाको वडा नम्बर १ को तालघरे र वडा नम्बर ११ जोड्ने बुल्दि खोला माथि निर्मित पुलको बुधबार उद्घाटन गर्ने कार्यक्रम जादा प्रहरीले कांग्रेसको हुललाई रोक्न खोख्दा दुई राउन्ड अश्रुग्यास र लाठीचार्ज गर्दा आधा दर्जन नेताहरू घाइते भएका हुन।

घाइते हुनेमा संविधानसभा सदस्य रामचन्द्र पोख्रेल,महासमिति सदस्य रामचन्द्र अधिकारी, जिल्ला सचिव लक्ष्मी आचार्य, महाधिवेशन प्रतिनिधि पवित्रा पौडेल र ट्रेड युनियन तनहुँका अध्यक्ष सुर्यचन्द्र हड्खले र क्षेत्र न २ का क्षेत्रीय सभापति राजेन्द्र कृण्ण श्रेष्ठ रहेका छन् ।

आचार्य र पोख्रेललाई टाउकोमा चोट लागेको छ । तनहुँ जिल्ला स्थित नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेस बीच पुल उद्घाटनको विषयलाई लिएर विवाद भएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 120 Viewed

प्रतिक्रिया दिनुहोस्