तनहुको भानु नगरपालिकामा ट्रक र मोटरसाईकल एक आपसमा ठक्कर खादा एक जना घाइते भएका छन् । भानु नगरपालिका ९ बडहरेमा बुधबार ट्रक र मोटरसाईकल ठोकिदा मोटरसाईकलमा सवार चालक घाइते भएका छन् ।

डुम्रे बेशिसहर मार्ग अन्र्तगत भानु नगरपालिका स्थित बडहरेमा बेशिसहर बाट डुम्रे तर्फ आउदै गरेको ना.६ ख ३०९ नम्बरको मिनि ट्रक र बिपरित दिशाबाट गईरहेको प्रदेश ग.५ प.८५६८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा मोटरसाइकल चालक घाईते भएका छ्न ।

चालकको सामान्य उपचार पछि थप उपचारको लागि चितवन स्थित चितवन मेडिकल कलेज भरतपुर पठाईएको र ट्रक र ट्रक चालक पुर्कोट प्रहरी चौकीको नियन्त्रणमा रहेको पुर्कोट प्रहरी चौको इन्चार्ज कबिन्द्र गुरुङले जानकारी दिनुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 1050 Viewed

प्रतिक्रिया दिनुहोस्