
देशव्यापी रुपमा विरोध प्रर्दशन गर्ने क्रममा काँग्रेसले तनहुँको क्षेत्र नं १ अन्र्तगत सदरमुकाम दमौलीमा विरोध प्रर्दशन गरेको छ ।
आयोजित विरोध सभालाई काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य शंकर भण्डारी सहित अन्य केन्द्रीय नेताहरु र जिल्ला नेताहरुले सम्बोधन गरेका थिए ।

विरोध सभालाई सम्बोधन गर्दै काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्माले संविधान विपरित संसद विघटन गरेको हुँदा संसद पुनःस्थापना विकल्प नरहेको संसद पुनःस्थापना नभएसम्म विरोध प्रर्दशन जारी रहने समेत बताएका छन ।

यसै गरि विरोध सभालाई सम्बोधन गर्दै काग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले संसद विघटनको विषयमा काग्रेस ठोस निर्णय केन्द्रीय कार्य समितिको बैठक पछि गर्ने बताए ।

भण्डारीले संसद पुनःस्थापना र निर्वाचन हुने सम्भावना कम रहेको हुँदा काग्रेसले विशेष सर्तक हुनुपर्ने अवस्था रहेको बताए ।

-प्रकाश अधिकारीको सहयोगमा