नबराज बि क ,

दोहा- तनहुँ सेवा समाज कतार द्वारा न्यानो अभियान वैदेशिक रोजगारीको क्रममा कतारमा कार्यरत तनहुँबासीहरु सामाजिक कार्यमा सकृय हुदै आएका छन ।

सबल र समृद जिल्ला निर्माणमा प्रवासिको योगदान सहयोग र सद्भाव सबैमा तनहुँ सेवा समाजको अभियान भन्ने मुलनारालाई आत्मा साथ गर्दै तनहुँ सेवा समाज कतार द्वारा निम्न आय भएका विपन्न घर परिवारलाई न्यानो कपडा वितरण अभियान सन्चालन हुन लागेको छ ।

तनहुँ सेवा समाजमा आबद्ध भइ बिगतका बर्षहरुमा झै यस पटक पनि गृह जिल्लामा न्यानो अभियान अन्तर्गत सबै नगरपालिका र गाउँपालिका लाई समेट्दै निम्न आय भएका बिपन्न ७० परिवारलाई ब्यालेकेट( सिरक) सहयोग प्रदान गर्न लागेको तनहुँ सेवा समाजका अध्यक्ष नारायण ढुङ्गानाले बताए ।

समाजले विभिन्न समयमा स्वदेश तथा बिदेशमा रहेका समस्यामा परेका नेपालीहरुमा सहयोग गर्दै रचनात्मक कार्यहरू समेत गर्दै आइरहेको छ ।

मानबिय कार्यमा सानो सहयोग होस् भन्ने हेतुले जिल्लाबासीहरु मिलेर सस्थागत रूपमा सहयोग जुटाइसकेका छन् । गृह जिल्ला स्थित सबै स्थानीय तह सग समन्वय गर्दै सहयोग हस्तान्तरण गर्न लागेको महासचिव मिनराज वाग्लेले जानकारी दिएका छन्

अन्तिम पटक अध्यावधिक गरिएको 96 Viewed

प्रतिक्रिया दिनुहोस्