बुटवल- मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको ११औ अधिबशनले पुनः डिपी खनालको सभापतित्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।


उपसभापतिमा खिमलाल (कृष्ण) भट्टराइ,सचिवमा कपिल ज्ञवाली,सहसचिबमा कृष्ण पाण्डे,कोषाध्यक्षमा धनकुमारी खनाल चयन भएका छन् ।


त्यस्तैगरी समाजको सदस्यहरुमा अर्जुन कुवर,कमला पाण्डे (अधिकारी),जमुना पौडेल,बिजु पौडेल,सिता भट्टराइ,लिलाधर लुइटेल,लक्ष्मी घिमिरे, बिष्णु थापा,मेघराज भट्टराइ र फूलु सुनार चयन भएका छन ।


बुटवलमा शनिबार भएको अधिबेशनले दुइ बर्षे कार्यकालका लागि नेतृत्व चयन गरेको निर्वाचन समितिका संयोजक हरिष ढकालले जानकारी दिए ।


यसअघि आयोजित खुल्लासत्रमा बोल्दै मानव अधिकारबादी नेता कृष्ण पहाडीले प्रधानमन्त्री केपी ओलीले गरेको सनकको भरमा संसद भंग गरेको बताएका थिए । उनले संसद पुर्नस्थापना नगरिए संविधान फेल गराउने षडयन्त्र हुने चेताबनी दिए ।


ओलीले संबैधानिक कू गर्नु भएको छ भन्दै नेता पहाडीले न्यायालयमा विचाराधिन अवस्थामा रहेको संसद विघटनको मुद्दा पुर्नस्थापना पनि नहुने र बैशाखमा चुनाव पनि हुनै नसक्ने भएपछि बर्तमान कामचलाउ सरकार पनि अबैध हुने धारणा बताएका थिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 39 Viewed

प्रतिक्रिया दिनुहोस्