सर्लाही -शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर–८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।

साह चढेको ना१झ ३८४२ नम्बरको गाडीले शनिबार दिउँसो हरिवन नगरपालिका-१० मा तामाङलाई ठक्कर दिएको थियो । उनको कम्मर र खुट्टामा चोट लागेको र स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको दिएको छ । ठक्करपछि मन्त्रीको जीप भागेको थियो ।

यता फेसबुकमा स्ट्याटस लेख्दै साहले सर्लाहीमा आफ्नो गाडीमा झुक्किएर लडेको व्यक्तिलाई केही नभएकोले ढुक्क भएर हिँडेको र सामान्य विषय भएको बताएका छन् ।

उनले ‘ठक्कर दिएर भागे’ भनेर आफूलाई बदनाम गरिएको उनको दाबी छ ।

उनले प्रहरीले आफ्नो गाडी भएको खुलेको भनी भ्रमपूर्ण अभिव्यक्ति दिएको दाबी गरे । साहले सुरक्षा दिनु र सवारी सहजीकरणको सट्टा सर्लाही प्रहरीले अफवाह फैलाएको दाबी गरे ।-
हाम्रो संचार 

हेर्नुहोस् भिडियो

अन्तिम पटक अध्यावधिक गरिएको 67 Viewed

प्रतिक्रिया दिनुहोस्