शिव कुमार श्रेष्ठ,
तनहुँ डुम्रे ।

तनहुँको बन्दीपुर गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक सार्वजानिक सुनुवाई कार्यक्रम आईतवार कार्यालय सभाहलमा गरेको छ । 

No description available.


कार्यक्रममा अधिकांस बक्ताहरुले कार्यालयबाट प्रदान गरिएको सेवाहरूको उच्च मूलयाङ्कन गर्दैै समग्र बन्दीपुरको पर्यटन, स्वास्थ्य, शिक्षा, शौचालय निर्माण, फोहोरमैला व्यवस्थापन, वन क्षेत्र संरक्षण, सडकबत्तिको व्यवस्थापन तथा सुकुम्बासी आयोगको काम अगाडि बढ्दा वास्तविक सुकुमवासी र अव्यवस्थित बसोबासलाई जग्गा ब्यवस्थापन गर्नको लागि सुझाव दिएका थिए।

No description available.


 

कार्यक्रममा राप्रपाका गोवर्धन भट्टराई, तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर इकाई सभापति तथा पर्यटन व्यवसायी बैस बहादुर गुरुङ्ग, पर्यटन विकास समिति बन्दीपुर का अध्यक्ष किसन प्रधान, क्षेत्रीय होटल व्यवसायी संघ बन्दीपुर का अध्यक्ष विपिन प्रधान,नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का बन्दीपुर सदस्य सनद कुमार श्रेष्ठ,नेपाली काँग्रेसका बन्दिपुर उपसभापि कुल बहादुर अधिकारील लगायतले विकासका वजेटमा दुरुपयोग रोक्न अनुगमनलाई तिब्रता दिनु पर्ने विस्तृत गुरु योजना बनाई दिर्घकालिन योजनाहरु बनाउनु पर्ने लगायतका कुरामा जोड दिनुभएको थियो । 

No description available.


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेश सुबेदीले कार्यलयको प्रगति प्रतिवेदन सार्वजानिक गर्नुभएको थियो । उठेका जिज्ञासाको अध्यक्ष पूर्णसिंह थापा, उपाध्यक्ष करुणा गुरुङ्ग तथा प्रमुख प्रशासकिय अधिकृत महेश सुबेदीले उत्तर दिँदै जनताको गुनासो, सुझाव, सल्लाह अनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार डी पि अधिकारीले गर्नु भएको थियो ।

No description available.


ई नागरिक बडापत्रको सुरुवात

यसैबीच विजयी बन्दिपुर गाउँपालिकामा ई नागरिक बडापत्रको सुरुवात गरिएको छ बन्दिपुर गाउँपालिका को सम्पूर्ण विवरणहरु समावेश गरिएको ई नागरिक बडापत्रको  बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले एक कार्यक्रमका बीच शुभारम्भ गर्नुभएको छ।

No description available.


बन्दिपुर गाउँपालिकाको सम्पूर्ण सेवाहरु, कार्यालयका कर्मचारीहरूको विवरण वडागत विवरण सेवा तथा गुनासोहरु लगायत बन्दिपुर गाउँपालिकाको सम्पूर्ण गुरुयोजनाको विवरणहरु उक्त ई नागरीक वडापत्रमा समावेश गरिएको र सजिलैसँग सबैले हेर्न सक्ने गरी राखिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा बताउनुभयो।

No description available.


प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले वडा तथा कार्यालयको सम्पूर्ण विवरणहरु सहित ई बडापत्रकोसेवा यस क्षेत्रमा नैं पहिलोपटक सुरु गरिएको जानकारी दिनुभयो।

No description available.

कार्यक्रममा बन्दिपुर गाउँपालिका का ६ वटै वडाका निर्वाचित वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरु,वडा सदयहरु गाउँपालिकामा सम्पूर्ण शाखाका प्रमुख एंव अन्य कर्मचरीहरू, ईलाका प्रहरी कार्यालय बन्दिपुरका प्रमुख, पत्रकार र अन्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

अन्तिम पटक अध्यावधिक गरिएको 127 Viewed

प्रतिक्रिया दिनुहोस्