भानु खबर ।

गत आइतबार भानु नगरपालिकामा बसेको जनता समाजवादी पार्टीको बृहृत भेलाले भानु नगरपालिकाको अध्यक्षमा नारायण बावु लोहोनी ‘शुवास’ चयन गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य देबेन्द्र थापाको प्रमुख अतिथि रहेको सो भेलाले लोहोनीको अध्यक्षतमा १७ सदस्यीय नगर समिति गठन गरको हो ।

समितिमा उपाध्यक्ष धन सुब्बा तामाङ, सचिव विश्वरावज सिह, सहसचिव लोक बहादुर बसेल कोषाध्यक्ष गिता घिमिरे, सदस्यहरु दल बहादुर क्षेत्री, राजकुमार तामाङ, बेरुङ तामाङ, जुना कुमाल, सौरभ आर्चाय, कल बहादुर तामाङ, राजकुमार नेपाली गोपी बहादुर अधिकारी र उषा गिरी रहेको छन ।

कार्यक्रममा केन्द्रीय सदस्य थापाले प्रधानमन्त्री ओलीको पुस ५ गतेको कदमले नेपालको संविधान २०७२ को ‘कु’ गरेको हुँदा ओलीको संसद बिघटन गर्ने कार्य गैरसंबैधानिक र अलोकतान्त्रिक कदमको विरुद्ध सम्पूर्ण पार्टी सदस्यलाई आन्दोलनमा उत्रन आवहान गरेका थिए ।

उक्त भेलामा प्रदेश सदस्य अमर भण्डारी, जिल्ला अध्यक्ष कृष्ण वहादुर गुरुङ र जिल्ला सचिव टेक बहादुर गुरुङले समेत आफ्नो भनाई रखोका थिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 68 Viewed

प्रतिक्रिया दिनुहोस्