चितवनका तीन प्रहरीलाई घुस लिएको आरोपमा वागमती प्रदेश प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला ट्राफिक कार्यालय चितवनका दुई ट्राफिक प्रहरीसहित वडा प्रहरी कार्यालय नारायणगढका एक प्रहरी गरी तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको हो ।

पार्किङ निषेध गरिएको ठाउँमा रकम असु्ली गरी म्याजिक अटोरिक्सालगायतका सवारीसाधनलाई पार्किङको लागि अनुमति दिएको भन्दै हेटौँडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सवारीसाधनबाट उठेको रकम एक पसलमा उठाउने गरेको गोप्य सूचना पाएअनुसार टोलीले हिजो साँझ नियन्त्रण लिएको हो । थप अनुसन्धान वागमती प्रदेश कार्यालय हेटौँडाले गरिरहेको चितवन प्रहरीका प्रवक्ता एवम् डीएसपी सूर्य थापाले बताए ।

यस्तै रकम असुलीमा सहयोग गरेको भन्दै यातयात व्यवसाय क्षेत्रका चार जना र पसल सञ्चालक एक जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको डीएसपी थापाले बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको 120 Viewed

प्रतिक्रिया दिनुहोस्