सेन्ट्रल कलेज बि एफ सि भरतपुर माडीको बसन्तपुरमा जारी राष्ट्रिय स्तरको दोश्रो माडी गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । माडी माविको खेल मैदानमा आज(बुधबार)पहिलो सेमिफाइनलमा माडी ११ लाई १–० गोलले हरउँदै बि एफ सि भरतपुर उपाधि नजिक पुगेको हो ।

बि एफ सि भरतपुर लागि दोश्रो हाफको ३४ औं मिनेटमा सुरेश कुमालले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच सेन्ट्रल कलेजका जितेश गुरुङ घोषित भए । गोल्डकपको अन्तिम सेमिफाइनलमा बिहिबार (भोली) काठमाण्डौ ११ र लेखनाथ युनाइटेड क्लब पोखराबीच प्रतिस्पर्धा हुने आयोजक समितिले जनाएको छ ।

माडीकै सर्बाधिक पुरस्कार राशीको राष्ट्रियस्तरको सो फुटबल प्रतियोगितामा देशभरका ८ वटा टिमहरू सहभागी रहेका छन । प्रतियोगिता माघ १० गतेसम्म जारी रहने छ।

अन्तिम पटक अध्यावधिक गरिएको 353 Viewed

प्रतिक्रिया दिनुहोस्