
तनहुँको म्याग्दे गाउँपालिका वडा नं ३ मा रहेको अस्मिता इँटा उद्योगमा काम गर्ने कामदारका बालबालिकालाई आइतबार पाठ्यपुस्तक र शैक्षिक सामग्री वितरण गरिएको छ । अस्मिता इँटा उद्योगमा एक कार्यक्रमका बीच एकिकृत हरित विकास नेपाल संस्था र ग्लोबल फेयेरनेश इनिसिएटिभ संस्थाको सहकार्यमा संचालित बेटर ब्रिक –नेपाल नामक कार्यक्रम मार्फत कामदारका २३ जना बिद्यालय जाने बालबालिका र प्रारम्भिक बालविकास केन्द्रका १९ जना बालबालिकालाई उक्त सामग्री वितरण गरिएको हो । म्याग्दे गाउँपालिकाका शिक्षा शाखा प्रमुख बुद्धि सागर खनालको प्रमुख आथिथ्यतामा ति बालबालिकालाई सामग्री हन्तान्तरण गरिएको थियो ।

श्री जनगणपति माद्यामिक बिद्यालयमा अध्यनरत ति बालबालिकालाई पाठ्यपुस्तक र शैक्षिक सामग्री उपलब्ध गराइएको हो । सो अबसरमा बोल्दै शिक्षा प्रमुख खनालले शिक्षामा लगानी गर्नाले बालबालिकाको भबिस्य उज्ज्वल बन्ने धारणा राख्दै बालबालिकालाई नियमित बिद्यालय पठाउन अभिभाबकलाई आग्रह गर्नुभयो l उहाँले नियमित बिद्यालय जाने बालबालिकाको लागि गाउँपालिकाले छात्रवृत्ति समेत प्रदान गर्ने र बिद्यालय भर्ना भएका बालबालिकाको लागि प्रति विद्यार्थी १५ रुपैयाका दरले दिवा खाजा प्रदान गर्ने जानकारी दिदै संस्थाले गरेको राहत वितरण र गाउँपालिका संग गरेको समन्वयको मुक्त कण्ठले प्रसंशा गर्नुभयो । सोहि अबसरमा बोल्दै कार्यक्रमका सभापति गोबिन्दराम पन्तले एकिकृत हरित बिकास नेपालले बिगत ४ बर्ष देखि इँटा उद्योगहरुमा सहयोग गर्दै आइरहेको र यस्तो सहयोगले आर्थिक र सामाजिक रुपमा बिपन्न बालबालिकाक ालागि उलेख्य सहयोग पुगेको कुरा बताउनुभयो । उक्त अबसरमा सरोकारवालाहरुले श्रम सम्बन्धि समस्या समाधान गर्न संघ संस्था ,उधोगी ,कामदार र सरकारको भूमिका उल्लेखनीय रहने साथै सबैको प्रयासले दिगो बिकासका सूचक र बालश्रम मुक्त मुलुक बनाउन सरकारलाई सहयोग पुग्ने एस्तो कार्यक्रमले मजदुर ,बालबालिका र उद्योग तिनै पक्षको समग्र रुपान्तरणमा जोड दिएको कार्यक्रमका क्षेत्रीय संयोजक सुदिप सेढाईले बताउनुभयो l

उक्त कार्यक्रममा म्याग्दे गाउँपालिकाका शिक्षा शाखाका प्राबिधिक सहायक ,संघ संस्था प्रतिनिधि ,कामदार लगायत सरोकारवाला निकायको उलेख्य उपस्थिति रहेको थियो l कोरोना संक्रमण जोखिमका कारण बिद्यार्थीलाई हात हातमा सामग्री बितरण नगरी एकमुष्ट रुपमा सामाजिक दुरी कायम गरि वितरण गरिएको संस्थाका सामाजिक परिचालक राजेन्द्र मिश्रले बताए l
तनहुँमा बिगत ४ बर्ष देखि “कामदारमैत्री इँटा उद्योग ,इँटा उद्योग मैत्री निती र स्थानीय शासन “भन्ने उदेश्यका साथ इँटा उद्योगका बालबालिकालाई बिद्यालय सम्म लैजान सहजीकरण गर्ने ,कामदारमा चेतना अभिबृद्धि गर्ने र उद्योगलाई प्राबिधिक र सामाजिक पाटोमा सहयोग पुर्याउने लक्ष्यका साथ बेटर ब्रिक –नेपाल कार्यक्रमले काम गरिरेको कुरा संस्थाका फिल्ड अधिकृत सुमद पन्तले बताइन ।