देवघाट गाउँपालिकामा सहिद सप्ताहको अवसरमा सामुदायीक वन स्तरीय लोकगीत प्रतियोगिता आईतबार सम्पन्न भएको छ । देवघाट गाउँपालिका तनहुँको आयोजनामा भएको प्रतियोगितमा चक्रवर्ती सामुदायिक वन उपभोक्ता देवघाट ५ को समुह प्रथम भएको छ ।

त्यस्तै साँंढेबगर सामुदायिक वन उपभोक्ता समुह द्वित्तिय र मधु सामुदायिक वन उपभोक्ता समुह तृतिय भएको आयोजकले वताएको छ । देवघाट क्षेत्रमा लुकेर रहेको प्रतिभालाई उजागर गर्न सहिद सप्ताहको अवसरमा लोकगीत प्रतियोगिता आयोजना गरिएको देवघाट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नरहरी सापकोटाले जानकारी दिनुभयो ।

देवघाट ५ मा रहेको कृषि हाट बजार परिसरमा आयोजना गरिएको सो प्रतियोगितामा देवघाट क्षेत्रमा ७ सामुदायिक वन समुहको सहभागिता रहेको थियो । सोही प्रतियोगितामा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं बरिष्ठ लोक गायक अम्बर बिरही गुरुङ्ग, लोक गायीका चन्द्रा गुरुङ्ग लगायतले प्रस्तुती प्रस्तुत गर्र्नुभएको थियो ।

सहिद सप्ताहको अवसरमा माघ १० गतेदेखी सञ्चालन भएको सप्ताह व्यापी कार्यक्रम अन्र्तगत आज(सोमबार) शिक्षा शाखाको समन्वयमा वालविकास केन्द्र स्तरीय प्रतियोगिता, आधारभुत तहको हाजिरी जवाफ प्रतियोगिता र कक्षा ९–१२ को अंग्रेजीमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बताउनुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 120 Viewed

प्रतिक्रिया दिनुहोस्