राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ को अवसरमा देवघाट गाउँपालिकाले बालविकास केन्द्रका बालबालिकाहरुको लागि शैक्षिक सामाग्री वितरण गरेको छ ।सिटीहलमा भएको कार्यक्रममा देवघाट गाउँपालिकाभित्र रहेका ३७ वटा बालबिकास केन्द्रलाई ४ सय थान कुसन र ७५ थान म्याट वितरण गरिएको देवघाट गाउँपालिकाका सुचना अधिकारी गोविन्द प्रसाद पौडेलले जानकारी दिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि गलेश्वर आश्रम देवघाटका पिठाधिस स्वामी आत्मानन्द गिरीले देवघाट गाउँपालिकाको यस उदाहरणीय कार्यको प्रशंसा गरेका थिए ।पिठाधिस गिरीले स्वार्थी नवनी संस्कारी बन्नुपर्ने बताए । समाज परिवर्तन भएर मानिस शिक्षित भए पनि भ्रष्टाचार मौलाएको र संस्कारी बन्ने प्रवृत्ति हराउँदै गएको जानकारी दिए ।

सोही कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापाले देवघाट गाउँपालिकाको विकास बजेट कटौती गरेर भए पनि बालबिकासका शिक्षकहरुलाई सम्बोधन गरेको बताए ।थापाले प्लस टु पास गरेका बालबिकासका शिक्षकहरुलाई ३ हजार, एस.एल.सी. पास शिक्षकलाई १ हजार पाचँ सय र एस.एल.सी. भन्दाकम योग्यताका शिक्षकहरुलाई ५ सय रुपैयाँ थप गरेर पारिश्रमिक दिएको जानकारी दिए । आगामी आर्थिक वर्षदेखि तलव वृद्धिमा आफू लागि पर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ को कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) देवघाट गाउँ कमिटी सचिव केशवचन्द्र न्यौपाने, नेपाली कांग्रेस देवघाट गाउँपालिका सभापति प्रेमबहादुर गुरुङ्ग, देवघाट गाउँपालिका प्रवक्ता एवम् ५ वडा अध्यक्ष यालबहादुर गुरुङ्ग, देवघाट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उमानाथ ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन देवघाट गाउँपालिकाका सूचना अधिकारी गोविन्दप्रसाद पौडेलले गरेका थिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 8 Viewed

प्रतिक्रिया दिनुहोस्