चितवन प्रहरीले गत लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१७ गाँजीपुर बस्ने वर्ष २७ को धिरज लामा र भरतपुर महानगरपालिका–१० ज्ञानदर्शन चोक बस्ने ३० वर्षीय गोविन्द राउत रहेका छन् ।

लागुऔषध खैरोहिरोइन दुई ग्राम ८७० मिलिग्रामसहित लामालाई गत बुधबार र सोही लागुपदार्थ एक ग्राम ५७ मिलिग्रामसहित राउतलाई बिहीबार पक्राउ गरेको हो ।पक्राउ परेका दु्ई जनालाई चितवन अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 8 Viewed

प्रतिक्रिया दिनुहोस्