प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले हिजो वैद्य, डाक्टरलाई बोकेर छाडे अहिले झाँक्री बोकिरहे पनि सफल नहुने बताएका छन् ।विराटनगरमा आज भएको नेकपा ओली समूहको आमसभामा प्रधानमन्त्री ओलीले प्रचण्ड फुटवादी भएको भन्दै सो आरोप लगाएका हुन् ।

उनले भने, ‘ खिइँदै गएको प्रचण्डलाई सिंग र जुरो हालिदिएको तर अहिले अहंकार बढ्दै गएको छ । उनलाई अब झाँक्रीले बचाउन सक्दैन ।’प्रधानमन्त्री ओलीले प्रचण्डले खिइँदै गएर सकिने बाटो रोजेको बताए । उनले भने, ‘जंगलमा गोठालो हिड्दै गरेको बाटो जस्तो बिलाउने बाटो रोज्नु भएको छ । अझै पनि पार्टीमा फर्किने भए स्वागत छ ।

’ उनले पूर्वकानुन मन्त्री शेरबहादुर तामाङ र सांसद उषाकला राई यस पार्टीमा फर्किएको भन्दै कतिपयलाई झुक्याएर, धम्क्याएर जसले सही गरेका थिए । तपाइँहरु सबै फर्कनुहोस् ।’ उहाँहरु हरेक कुरा भएपछि मुद्दा हाल्न जाने काम गरेको बताए । उनले भने, ‘सभामुखले झगडिया हुन सुहाउँछ । सभामुख जस्तो पदका मानिसले कीर्ते सनाखत गर्छ ।’ उपराष्ट्रपति जस्तो पदले भाषण गर्न हिडेको नसुहाउने प्रधानमन्त्री केपी ओलीले बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको 100 Viewed

प्रतिक्रिया दिनुहोस्