माधब पौडेल ।
व्यास नगरपालिका वडा नं ५ चापाघाटमा रहेको वेदव्यास जेष्ठ नागरिक आश्रममा तनहु उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं समाजसेवी तथा व्यवसायी बन्दीपुर गाउपालिका वडा नं १ डुम्रे निवासी घनश्याम श्रेष्ठ तथा वहाँकी धर्मपत्नी पम्फा श्रेष्ठले आफ्ना पिता स्वर्गिय विष्णुकुमार श्रेष्ठ
र माता स्वर्गिय दिलकुमारी श्रेष्ठको सम्झनामा विभिन्न सामाग्रीहरु हस्तान्तरण गर्नुभएको छ ।
उक्त आश्रममा आजै बन्दीपुर गाउपालिका वडा नं १ डुम्रे निवासी मुक्ति बि.क. र लक्ष्मी बि.कले पनि आफ्ना पितृहरूको सम्झनामा सहयोग सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
आश्रमकी सचिव निर्मला मल्ललाई वहाँहरुले चामल, दाल, नुन,तेल, पिठो, साबुन, कपडा लगायतका सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।
उक्त आश्रममा आजै बन्दीपुर गाउपालिका वडा नं १ डुम्रे निवासी मुक्ति बि.क. र लक्ष्मी बि.कले पनि आफ्ना पितृहरूको सम्झनामा सहयोग सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
दमौलीका समाजसेवी महिलाहरुबाट संचालित आश्रममा ६ जेष्ठ नागरिक हरु आश्रय लिईरहनु भएको संचारकर्मी तथा उक्त आश्रमकी सदस्य अन्जु दाहालले बताउनुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 124 Viewed

प्रतिक्रिया दिनुहोस्