मन्जरी गीतबाट चर्चामा आएका गायक तथा सर्जक बिर्ख बिश्वकर्माले मार्मिक गीत ” विधुवा ” लिएर आएका छन् । बिर्ख बिश्वकर्मा र भावना धामिको स्वर रहेको उक्त गितलाइ उनले आफनो गृह जिल्ला जुम्ला पुगेर भिडियो निर्माण गरेका छन l बिश्वकर्माको आफनै शब्द तथा संगित रहेको उक्त गितमा तिलक ओलीले म्युजिक एरेन्ज गरेका छन ।

कोरोनाका कारण सरकारले लक् डाउन गरेको बेला जुम्लाको पर्यटकीय स्थल सिञ्जामा पुगेर भिडियो निर्माण गरिएको हो । गितले दर्सक तथा श्रोताहरुको मन जित्नेमा बिश्वकर्मा ढुक्क छन । मौसम प्रतिकुल भैदिदा भिडियो निर्माण गर्न एक हप्ता लागेको भिडियोका निर्देशक पदम बिन्दास रोकाएले जानकारी गराए ।

भिडियो रोकाए आफैले खिचेका हुन् भने सम्पादन मिन रावल गरेका छन् । आफुले माया गरेको मान्छेको अचानक मृत्यु भएपछि जिबनमा आउने भोगाइलाई गित तथा कथाले बोकेको छ । भिडियोमा गोमान सिङ्ग सार्की र निरु आरसी को अभिनय हेर्न सकिन्छ भने बाबा इन्टरटेन्मेन्ट टिभीले उत्पादन तथा बजार ब्यबस्थापन गरेको छ ।



अन्तिम पटक अध्यावधिक गरिएको 61 Viewed

प्रतिक्रिया दिनुहोस्