कैलाली । कैलालीको धनगढीस्थित कोभिड अस्थायी अस्पतालमा उपचाररत थप चार कोरोना संक्रमितको मृत्यु भएकाे छ ।

अस्पतालमा उपचाररत कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका एक–एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया संक्रमित महिलाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा मृत्यु भएको जोशीले बताए ।

कोभिड अस्थायी अस्पतालमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का ७१ वर्षीय पुरुष, बझाङका २६ वर्षीय पुरुष र बर्दियाको उतानपुर गाउँपालिका–२ का ३० वर्षीय पुरुषको पनि मृत्यु भएको उनले जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 25 Viewed

प्रतिक्रिया दिनुहोस्